समिट एअरको विमान र मनाङ एअरको हेलिकप्टर ठोक्कियो, दुई जनाको मृत्यु

लेवरपाटी संवाददाता
    १ बैशाख २०७६, आइतबार १०:४०  मा प्रकाशित



काठमाडौँ– सगरमाथाको प्रवेशद्वार मानिने लुक्ला विमानस्थलमा आज बिहान समिट एअरको विमान धावनमार्गबाट चिप्लिएर गई मनाङ एअरको हेलिकप्टरमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

लुक्ला विमानस्थलका प्रबन्धक इमनाथ अधिकारीका अनुसार घटनामा परेर विमानका एक सहचालक र एक सुरक्षाकर्मीको मृत्यु भएको हो । उडान गर्न लाग्दा विमान धावनमार्गबाट चिप्लिएर हेलिप्याडतिर गएको थियो । विमानले श्री एअरको अर्को हेलिकप्टरलाई पनि केही क्षति पु¥याएको उहाँले जानकारी दिनुभयो ।

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले तेन्जिङ हिलारी विमानस्थलमा सो घटनाको बताउनुभयो । उहाँले उद्धार समन्वय केन्द्रलाई परिचालित गर्न निर्देशन दिइएको जानकारी दिनुभयो ।

प्रत्यक्षदर्शीका अनुसार विमानस्थलमा रोकिराखिएको हेलिकप्टरमा समिट एअरको विमान आएर ठोक्किएको हो । सगरमाथा आरोहण र पदयात्राको सिजन भएकाले लुक्लामा विमानको चाप बढेको छ ।

Write your Comment