म्युजिक भिडियो ‘तुसारो’ मा मोडेल मिलन मिश्र र नायिका प्रकृति श्रेष्ठको दमदार अभियन

लेवरपाटी संवाददाता
    ११ बैशाख २०७६, बुधबार २३:४९  मा प्रकाशित



काठमाडौँ– गायक इन्द्र आरपी र नेपाल आइडलबाट ‘गोल्डेन माइक’ जितेकी निलीमा थापा मगरको स्वरमा सजिएको म्युजिक भिडियो ‘तुसारो’ बिहीबार विशेष कार्यक्रमका बीच अष्ट्रेलियाबाट सार्वजनिक गरिँदै छ ।

अष्ट्रेलियाको ब्रिज्बेनमा रहेको पगोडा क्रियशन प्रडक्शन हाउसको व्यानरमा निर्माण गरिएको सो म्युजिक भिडियोमा अष्ट्रेलिया– ब्रिज्बेनका चर्चित मोडेल÷नायक मिलन मिश्र र चिरपरिचित नायिका प्रकृति श्रेष्ठको दमदार अभिनय देख्न पाइनेछ ।

नायक मिलनले अहिलेसम्म थुप्रै नेपाली लघुचलचित्र र चर्चित नेपाली गायकको गीतमा अभिनय गरिसकेका छन् र नेपाली सिनेमा जगतमा आफ्नो स्थान बनाउन धेरै संघर्ष गरिरहेका छन् ।

प्रकृतिको यो अर्को हिट गीत हुने दाबी छ । प्रकृतिले आपूmलाई यो गीतमार्पmत फेरी ‘कमब्याक’ गरेकी छिन् जुन उनको फ्यानका लागि खुशीको कुरा हो । यो म्युजिक भिडियोका सम्पूर्ण दृश्य अष्ट्रेलियाको सनसाइनकोष्ट र मलेनी हिन्टरल्याण्डमा खिचिएको छ । जसको सम्पूर्ण छायाङ्कन निर्देशक विनोद केसीले गरेका छन् ।

भिडियोलाई अस स्टडीज ब्रिज्बेनले प्रायोजन गरेको छ भने असम पामाजानी रेष्टुरेन्ट ब्रिजबेनको सहयोग रहेको छ । गीतको शब्द निर्देशक केसीले रचना गरेका हुन् ।

उदयराज पाण्डेले सङ्गीत दिएको यस गीतको मेकअपमा भूमिका कार्की र सिनोम्याट्रिक एसिस्टमा जोनी रहेका छन् । यस म्युजिक भिडियोका प्रड्युसर अमुदा विष्ट मिश्र हुन् । तुसारोमा केसीले डेब्यू निर्देशन गरेका हुन् ।

Write your Comment