कतारद्वारा नेपाली कामदारमाथि चरम शोषण, रंगशाला निर्माणको क्रममा १४०० नेपाली कामदारको मृत्यु (भिडियो सहित)

लेवरपाटी संवाददाता
    ३० जेष्ठ २०७६, बिहीबार २३:५७  मा प्रकाशित



काठमाडौँ– वैदेशिक रोजगारीमा कतार गएका नेपाली युवामाथि चरम श्रम शोषण हुने गरेको तथ्य सार्वजनिक भएको छ ।

सन् २०२२ मा विश्वकप फुटबलको आयोजना गर्न तयारीमा रहेको कतारले नेपालीसहित हजारौँ आप्रवासी कामदारमाथि शोषण गर्र्दै आएको रहस्य सार्वजनिक भएको हो ।

अरब मुलुकले विश्वकपको आयोजना गर्न लागेको कतार पहिलो देश हो । सन् २०१० डिसेम्बर २ तारिखका दिन कतारमा विश्वकप आयोजना हुने घोषणा भएको थियो ।

कतारले रंगशाला निर्माणको लागि नेपालबाट हजारौँ कामदार त्यहाँ पुगेका छन् । रंगशाला निर्माण हुन थालेयताका नौ वर्षको अवधिमा रंगशाला निर्माण गर्न गएका करिब एक हजार ४०० नेपाली कामदारको मृत्यु भएको अरब न्युजले जनाएको छ ।

डब्लूडिआरको खोजमूलक भिडियो डकुमेन्ट्रीको आधारमा कतारमा रंगशाला बनाउन गएका हजारौँ नेपालीमध्ये ११० जनाको प्रत्येक वर्ष मृत्यु हुने गरेको छ ।

कतार रंगशाला निर्माणका क्रममा निधन भएका नेपाली परिवारले कतारबाट कुनै राहत तथा अनुदान नपाएको गुनासो गरेका छन् ।डब्लूडिआरले ‘ट्र्याप्ड इन कतार’ शीर्षकमा शुक्रबार (२२ जेठ) भिडियो सार्वजनिक गरेको हो ।

Write your Comment