मजदुर विवाद चर्केपछि होटल हायत रिजेन्सी बन्द, होटलले भन्यो– गैरकानूनी हड्ताल र नाराजुलुसका कारण सेवा दिन सकिएन

लेवरपाटी संवाददाता
    २ असार २०७६, सोमबार १७:२८  मा प्रकाशित



काठमाडौँ– मजदुर विवाद चर्केपछि बौद्धमा रहेको होटल हायात (तारागाउँ रिजेन्सी होटल लिमिटेड) बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सलाई पत्र लेख्दै हयातले बन्द भएको जानकारी गराएको हो।

यो पनि पढ्नुहोस्

मजदूर विवादका कारण पाँच दिनदेखि होटल हायात बन्द, व्यवस्थापन भन्छ– माग पूरा गर्न सक्दैनौँ

अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुराँ मजदुर संघले विभिन्न माग राखी ती मागलाई पूरा गराउने उद्देश्यले व्यवस्थापनलाई गलत प्रभाव र दबाब दिन प्रतिष्ठानमा कार्यरत १ देखि ४ तहसम्मका श्रमिक कामदार कर्मचारीलाई जबरजस्ती साथमा लिई गरिएको गैर कानूनी हड्ताल र नाराजुलुसको कारण होटलको सम्पूर्ण सेवा र व्यवस्थापनको प्रशासनिक काम अवरुद्ध भएको होटलले जनाएको छ ।

होटलले स्टकलाई लेखेको पत्र हेर्नुहोस् :

Write your Comment