वित्तीय अनुशासन कायम राख्दै प्रधानमन्त्री रोजगकार कार्यक्रम सञ्चालन गर्न निर्देशन

लेवरपाटी संवाददाता
    ८ असार २०७६, आइतबार १३:५३  मा प्रकाशित



काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वित्तीय अनुशासन कायम हुने गरी प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न सम्पूर्ण स्थानीय तहलाई निर्देशन दिएको छ ।

मन्त्रालयले कार्यक्रम सञ्चालन गर्दा कुनै कमीकमजोरी रहेको पाइएमा समयमै सच्याउन र आयोजनाका बाँकी कार्य ऐन नियमको परिधिभित्र रहेर गर्न निर्देशन दिएको हो । कार्यक्रम कार्यान्वयनका क्रममा केही स्थानीय तहहले सञ्चालन गरेका आयोजना स्वीकृत कार्यविधि बमोजिम सञ्चालन नगरिएको भनी विभिन्न सञ्चार माध्यममा आएका समाचारप्रति ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ ।

Write your Comment