विश्वकप २०२२ लाई लक्षित गर्दै कतारले धमाधम पूर्वाधार निर्माण

लेवरपाटी संवाददाता
    १७ कार्तिक २०७६, आइतबार १८:४३  मा प्रकाशित



काठमाडाैँ- विश्वकप २०२२ लाई लक्षित गर्दै कतारले पूर्वाधार निर्माणमा ध्यान केन्द्रित गरेकाे छ । रङ्गशाला निर्माणका साथै उसले अन्य सडक तथा शहरी पूर्वाधार निर्माणलाई पनि तीव्रता दिएकाे छ ।

कतारले छोटो समयमै विश्वकपका लागि पूर्वाधार त तयार पार्यो । तर पूर्वाधार निर्माणमा श्रम शोषण भएको भनेर उसको आलोचना पनि भैरहेको छ । अहिलेसम्म भौतिक पूर्वाधार निर्माण गर्दै गर्दा तीन जना मजदुरले ज्यान गुमाए । त्यस्तै रंगशालामा निर्माणमा संलग्न हजाराैँ मजदूरले ज्यान गुमाइसकेका छन् । यद्यपि उसले पूर्वाधार निर्माणमा कुनै कमी हुन दिएकाे छैन ।

Photo Credit: Rameshwor Naral/Labourpati

विश्वकपका लागि पूर्वाधार निर्माणमा २६ हजार व्यक्ति प्रत्यक्ष संलग्न रहेका छन् । कतारले विभिन्न शहरमा ८ वटा रंगशाला निर्माण गर्दैछ । अल वक्राह तथा अल बायत रंगशाला यही डिसेम्बरसम्ममा पूर्ण रुपमा तयार भैसक्नेछ । सबै रंगशालाहरु प्रतियोगिता सुरु हुनुभन्दा  दुई वर्ष पहिले नै तयार भैसक्नेछन् ।

Photo Credit: Rameshwor Naral/Labourpati

Write your Comment