बालश्रम प्रयोग नगर्ने १० इँटा व्यवसायी सम्मानित

पत्रपत्रिका
    २१ कार्तिक २०७६, बिहीबार ०८:५४  मा प्रकाशित



तनहुँ– बालमैत्री इँटा उद्योग सञ्चालन गर्ने इँटा व्यवसायीलाई सम्मान गरिएको छ । एकीकृत हरित विकास नेपालले सोमबार बालश्रमको प्रयोग नगरी इँटा उद्योग सञ्चालन गर्ने व्यवसायीलाई सम्मान गरेको हो ।

सम्मानति हुनेमा तनहुँ, गोरखा र लमजुङका १० व्यवसायी रहेका छन् । गण्डकी प्रदेशका कार्यवाहक मुख्यमन्त्री किरण गुरुङले उहाँहरुलाई सोमबार सम्मान गर्नुभएको हो । त्यसअवसरमा उहाँले गण्डकी प्रदेशभित्र अवैध रुपमा सञ्चालन भइरहेको इँटा उद्योगलाई दर्ता गराई कानूनी दायरमा ल्याउने बताउनुभयो ।

मन्त्री गुरुङले तनहुँमा रहेका पोख्रेली इँटा उद्योगका सञ्चालक केदार घिमिरे, माछापुछ्रे इँटा उद्योगकका सञ्चालक हर्क गुरुङ, अस्मिता इँटा उद्योगका सञ्चालक गोविन्दराम पन्त र बालकृष्ण घिमिरे, घाँसीकुवा इँटा उद्योगकका सञ्चालक राजु खड्का र मदन तिमल्सेना, लमजुङको बिजेपी इँटा उद्योग र गोरखाको कुन्दन इँटा उद्योगका प्रतिनिधिलाई कदरपत्र प्रदान गरी सम्मान गर्नुभएको थियो ।

ती व्यवसायीले इँटाभट्टामा बालबालिकाको प्रयोग नगरेकाले सम्मान गरिएको एकीकृत हरित विकास नेपालका अध्यक्ष कमलहरि जिसीले जानकारी दिनुभयो । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

Write your Comment