सरकारी सुविधा फिर्ता गरेर ट्याक्सी चढेर सिंहदरबारबाट बाहिरिए निवर्तमान श्रममन्त्री विष्ट (छ तस्वीर)

लेवरपाटी संवाददाता
    ५ मंसिर २०७६, बिहीबार २३:०१  मा प्रकाशित



काठमाडाैँ– कार्यक्षमतामा कमजाेर रहेकाे भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका श्रम, राेजगार तथा सामाजिक सुरक्षामन्त्री गाेकर्ण विष्ट  सिंहदरबारबाट ट्याक्सी चढेर निवास प्रस्थान गर्नुभएकाे छ ।

मन्त्रालयमा आज आयाेजित बिदाइ कार्यक्रममा सहभागी बनेर उहाँ त्यहाँ उपस्थित पत्रकार, शुभचिन्तक तथा कर्मचारीसँग हात मिलाएर ट्याक्सी चढेर निवास प्रस्थान गर्नुभएकाे हाे । उहाँले सुरक्षाकर्मी, गाडीलगायत सरकारी सेवा सुविधा सबै फिर्ता गर्नुभएकाे छ । मन्त्रालयमा आयाेजित कार्यक्रममै उहाँले सरकारले दिएकाे ट्याब समेत फिर्ता गर्नुभयाे ।

हेर्नुहाेस् मन्त्री विष्ट बाहिरिदाँकाे तस्वीर

 

तस्वीरः लेबरपाटी

Write your Comment