स्थानीयलाई रोजगारी दिन ‘टिमुर वर्ष’ कार्यक्रम सुरु

पत्रपत्रिका
    २२ मंसिर २०७६, आइतबार ०८:३५  मा प्रकाशित



दाङ– दाङमा टिमुर र सुगन्धकोकिला मालागेडी रोप्न थालिएको छ । जिल्लाको उत्तरतर्फका छरिएर रहेको वस्ती खाली हुन थालेपछि डिभिजन वन कार्यालय दाङले स्थानीयलाई स्वरोजगार बनाई उनीहरुको आर्थिक वद्धि गर्ने उद्देश्यले चालु आर्थिक वर्षलाई ‘टिमुर वर्ष’ शुरु गरेको छ ।

यो कार्यक्रमअन्तर्गत दाङ उपत्यकाको उत्तरी भेगमा रहेका ग्रामीण वस्तीमा एक लाख टिमुरका बिरुवा उत्पादन शुरु गरिएको छ । मसला बनाउन उपयोगी मानिने टिमुर बहुवर्षे जडिबुटी भएका र यसको बजार मूल्य महँगो भएकाले स्थानीयलाई स्वरोजगार बनाउन टिमुर रोप्ने कार्यक्रमलाई अभियानकै रुपमा अगाडि बढाइएको डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले जानकारी दिनुभयो । यो समाचार आजको कारोबार दैनिकले छापेको छ ।

Write your Comment