गोरखकाली उद्योगका कामदारलाई भुक्तानी गर्ने तयारी

पत्रपत्रिका
    २२ मंसिर २०७६, आइतबार ११:०२  मा प्रकाशित



काठमाडौँ– बन्द अवस्थामा रहेको गोरखकाली रबर उद्योगका कर्मचारी र कामदारलाई भुक्तनी गर्ने तयारी गरिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त उद्योगका अवकाश प्राप्त कर्मचारी तथा कामदारलाई तेस्रो र अन्तिम चरणको भुक्तानी गर्ने तयारी गरेको हो।

मन्त्रालयका सहसचिव शोभाकान्त पौडेलकाअनुसार अवकाश प्राप्त तीन सय १९ कर्मचारी र कामदारलाई भुक्तानी गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। उनकाअनुसार बैंक खाता नभएका छुटफुट केही कर्मचारीको यकिन गरी भुक्तानीका लागि नामावलीसमेत प्रकाशन गरिसकिएको छ। उद्योग परिसरका कर्मचारी एक सय १६, कामदार एक सय ७१ र काठमाडौं तथा विभिन्न डिपोमा कार्यरत ३२ कर्मचारी गरी तीन सय १९ जनालाई भुक्तानी गर्न बाँकी छ। याे समाचार आजकाे अन्नपूर्ण पाेष्ट दैनिकले छापेकाे छ ।

Write your Comment