निस नेपालद्वारा तनहुँको न्यू भिजन स्कूलका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

लेवरपाटी संवाददाता
    २३ मंसिर २०७६, सोमबार २२:२२  मा प्रकाशित



काठमाडौँ– बालबालिको शिक्षा र स्वास्थ्यका क्षेत्रमा क्रियाशील एक संस्थाल तनहुँको भानु नगरपालिकास्थित न्यू भिजन स्कूलका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरेको छ ।

काठमाडौँ महानगरपालिका–१६ मा रहेको ‘बालबालिकाको स्वास्थ्य र शिक्षाका लागि नेपाली सुत्रपात’ (निस नेपाल) नामक संस्थाले सो विद्यालयका ८६ विद्यार्थीलाई विद्यालय सामग्री निःशुल्क वितरण गरेको हो । विद्यार्थीलाई कापी, कलम, इरेजर, पेन्सिल कटर, खेलौनालगायत सामग्री वितरण गरिएको संस्थाका अध्यक्ष प्रदीप अधिकारीले बताउनुभयो ।

स्टेशनरी सामग्री विद्यार्थीलाई वितरण गरिएको थियो भने खेलौना विद्यालयको प्रधानाध्यापक सुरज बुढाथोकीलाई हस्तान्तरण गरिएको संस्थाका मनोजबाबु अधिकारीले जानकारी दिनुभयो । सोही संस्थाको नेपाली सहयोगी संस्था सिट्चिङ होल्याण्ड बिल्डिङ नेपालले पनि विद्यार्थी एवं शिक्षक तथा कर्मचारीलाई एक÷एक थान टिसर्ट वितरण गरेको थियो ।

सो संस्थाका सदस्य नेदरल्याण्डका को एण्ड कोरी दम्पत्तिले बालबालिकालाई स्टेशनरी सामग्री वितरण गर्न पाउँदा आफूहरु अत्यन्त खुसी भएको बताउनुभयो । बालबालिकालाई सहयोग गर्ने वातावरण निर्माण गरेकामा उहाँहरुले निस नेपाललाई धन्यवाद दिनुभएको थियो ।

विद्यालयल व्यवस्थापन समितिका अध्यक्ष नन्दन श्रेष्ठले विद्यालयलाई पहिलो सहयोग गरेकामा सो संस्थालाई धन्यवाद दिँदै बालबालिकाको गुणस्तरीय शिक्षा प्रदान गर्न थप हौसला मिलेको बताउनुभयो । सो संस्थाले विशेषगरी अपाङ्ग बालबालिकाको शिक्षा र स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको छ ।

तस्वीरः मनाेजबाबु अधिकारी

Write your Comment