वैदेशिक राेजगारीकाे विविध पाटाे समेटिएकाे हेर्नैपर्ने लघु चलचित्र ‘धनिरामकाे उडान′ (भिडियाेसहित)

लेवरपाटी संवाददाता
    १७ पुष २०७६, बिहीबार २२:३३  मा प्रकाशित



काठमाडाैँ– पछिल्लाे समय वैदेशिक राेजगारीलाई व्यवस्थित बनाउन क्रियाशील रहँदै आएकाे वैदेशिक राेजगार विभागले  वैदेशिक राेजगारीकाे विविध पाटाे समेटेर लघु चलचित्र ‘धनिरामकाे उडान’ निर्माण गरेकाे छ । वैदेशिक राेजगारीसँग सम्बन्धित सम्पूर्ण जानकारी समेटिएकाे साे चलचित्रले वैदेशिक राेजगारीमा जानुपूर्व जान्नुपर्ने विषयदेखि विदेशमा रहँदा कसरी काम गर्ने भन्ने सम्मकाे जानकारी दिएकाे छ ।

विभागका महानिर्देशक डा भीष्मकुमार भुसालकाे परिकल्पनामा निर्माण गरिएकाे साे लघु चलचित्रले सुरक्षित वैदेशिक राेजगारीलाई महत्व दिएकाे छ । यस्तै स्वदेशमै काम गरेर पनि सहजै जीवन निर्वाह गर्न सकिन्छ भन्ने पक्षलाई पनि उजागार गरिएकाे छ । सीप सिकेर, सम्पूर्ण प्रक्रिया पूरा गरेर आवश्यक जानकारी तथा कागजात लिएर मात्रै वैदेशिक राेजगारीमा जान, विदेशमा कमाएकाे पैसा विलासी वस्तुकाे खरिदमा मात्र खर्च गर्न हुँदैन भन्ने सन्देश साे चलचित्रले दिएकाे छ ।

यस्तै वैदेशिक राेजगारी पैसा कमाउनभन्दा पनि ज्ञान सीप हासिल गर्न तथा विदेशमा सिकेकाे ज्ञान, सीप र अनुभवलाई नेपालमै लगाउनुपर्छ भन्ने विषयलाई पनि चलचित्रमा समेटिएकाे छ । यसैगरी वैदेशिक राेजगारीलाई व्यवस्थित बनाउन पछिल्लाे समय सरकारले लिएकाे नीति, शून्य लागतलगायतका विषय पनि चलचित्रमा अटाएका छन् । साे लघु चलचित्र विभागकाे स्थापना दिवसकाे अवसर पारेर बुधबार सार्वजनिक गरिएकाे हाे ।

हेर्नुहाेस् ‘धनिरामकाे उडान’

Write your Comment