पारिश्रमिक नपाएपछि मजदुरले रोके कालोपत्रे

पत्रपत्रिका
    २२ पुष २०७६, मंगलबार १०:२३  मा प्रकाशित



खोटाङ– पारिश्रमिक नपाएपछि आक्रोशित कामदारले खोटाङको महुरे–राजापानी सिमपानी (२२ किलोमिटर) सडक कालोपत्रेको काम रोकेका छन् । ठेकेदारले वर्षौंसम्म पारिश्रमिक नदिएर झुलाएपछि कामदारले गाईघाट–दिक्तेल सडकको महुरे–फोक्सिङटार सडक खण्डअन्तर्गत महुरेदेखि सिमपानी (राजापानी) सम्मको सडक कालोपत्र रोकेका हुन् ।

जिल्ला प्रशासन कार्यालय खोटाङमा दुई महिनाअघि भएको छलफलमा निर्माण कम्पनी भारत कन्स्ट्रक्सन÷सिद्धी शाही जेभीका प्रतिनिधिले पुस २० गतेसम्ममा पारिश्रमिक भुक्तानी गर्ने कागज गरेका थिए । अहिले सम्झौताअनुसारको भुक्तानीन नदिएपछि कामदारले सडकको काम रोकेको प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्ययाले बताउनुभयो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३, नुनथला, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइँपा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका कामदारले आइतबार विजयखर्कको मालामा भएको भेलाले काम ठप्प बनाउने निर्णय गरेको हो । तोकिएको मितिमा पारिश्रमिक नपाएको विरोधमा सो सडक खण्डमा काम गरिरहेका डेढ सयभन्दा बढी कामदारले काम रोकेका हुन् ।  निर्माण कम्पनीले श्रम गरेको पारिश्रमिक नदिएसम्म काम अवरुद्ध पार्ने कामदारको चेतावनी छ । यो समाचार आजको नागरिक दैनिकले छापेको छ ।

Write your Comment