सुविधा माग्दा अवकास पत्र !

पत्रपत्रिका
    २९ पुष २०७६, मंगलबार २२:०६  मा प्रकाशित



विराटनगर– काम गरेबापत पाउने सेवा सुविधाको रकम माग्दा विराटनगरको एक उद्योगले उद्योगमा कार्यरत सुपरभाइजरलाई अवकास पत्र दिएको पीडितले गुनासो गरेका छन्।

श्रम ऐनअनुसार सेवा सुविधाका लागि श्रम कार्यालय विराटनगरले दिएको फैसलाअनुसार रकम माग्दा २५ वर्षदेखि सुपरभाइजरमा कार्यरत खुशियानन्द ढुंगेललाई सुनसरीको दुहवीस्थित मैनावती स्टिल इन्डस्ट्रिज प्रालिले अवकास पत्र दिएको हो। २०५२ सालदेखि सो उद्योगमा कार्यरक्त ढुंगेललाई श्रम कार्यालयमा उद्योगविरुद्ध उजुरी दिएको भन्दै उद्योगले २०७६ पुस २७ गतेदेखि अवकास दिएको पीडितको भनाइ छ।

ढुंगेलले विराटनगरमा सोमबार पत्रकार सम्मेलन गरेर सो उद्योगलाई श्रम कार्यालयले श्रम गरेबापत पाउने सुविधाको रकम (सञ्चयकोष, उपदान, ग्रेड, बोनसबापतको १० लाख ९७ हजार ४ सय ८१ रकम दिने भनेर वार्ता गराएपछि उद्योगले उद्योगमा प्रवेश निषेध गरेर अवकास पत्र दिएको सुनाए।

श्रम कार्यालयका अधिकृत सविता दाहालको उपस्थितिमा भएको त्रिपक्षीय वार्ताले सञ्चयकोष, उपदान, ग्रेड, बोनसबापतको १० लाख ९७ हजार ४ सय ८१ रकम दिनुको साथै पुनः काम सुरु गरेको दिनदेखि श्रम ऐनअनुसार सेवा सुविधा दिनु पर्ने सहमति भएको थियो। तर, उद्योगले सहमति भएपछि उल्टै दुःख दिने गरेको उनले बताए। याे समाचार आजकाे अन्नपूर्ण पाेष्ट दैनिकले छापेकाे छ ।

Write your Comment