श्रम अडिटको लक्ष्य पूरा गर्नै कठिन

लेवरपाटी संवाददाता
    ३ माघ २०७६, शुक्रबार १०:२६  मा प्रकाशित



काठमाडाैँ– सरकारले प्रतिष्ठानहरुमा विद्यमान श्रम कानुनको प्रभावकारी कार्यान्वयन भए/नभएको अनुमान, नियमन र निरीक्षण गर्ने कार्यलाई कडाई गर्न थालेको छ ।

श्रम अडिट न्यूनतम पारिश्रमिकलगायत विषयमा गरिने अनुगमनलाई यो वर्षबाट शतप्रतिशत वृद्धि गर्ने गरी अनुगमनलाई प्राथमिकता दिएको भएपनि लक्ष्य प्राप्त गर्न चुनौती देखिएको छ ।

श्रम कानुनमा भएका प्रावधान लागू गराउन चालू आवमा तीन हजार प्रतिष्ठानमा श्रम अडिट गर्ने लक्ष्य दिएको श्रम विभाग तथा रोजगारजन्य सुरक्षा विभागका महानिर्देशक सनत केसीले जानकारी दिए ।

विभागले अघिल्लो आवको अन्तिम ५ महिनामा ३४६ उद्योग/प्रतिष्ठानमा श्रम अडिट गरेकोमा चालू आवमा त्यो संख्या बढाएर ३ हजार प्रतिष्ठानमा पुर्याउने लक्ष्य लिएको छ । यो समाचार आजको करोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन् ।

Write your Comment