लोकतान्त्रिक फाेरममा १७ पदका लागि २८ उम्मेद्वार मैदानमा

लेवरपाटी संवाददाता
    २४ माघ २०७६, शुक्रबार २२:०४  मा प्रकाशित



काठमाडाैं– नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फाेरममा नयाँ नेतृत्व चयनका लागि मतदान शुरु भएको छ । ७ पदाधिकारी र १० कार्यसमिति सदस्यसहित १७ जनाको प्रत्यक्ष निर्वाचन हुन लागेको हो ।

अध्यक्ष पदका लागि फाेरमका पूर्ववरिष्ठ उपाध्यक्ष नरेन्द्र ढकाल, नेपाल वैदेशिक रोजगार संघका पूर्वद्वितीय उपाध्यक्ष भुवनसिं गुरुङ, फाेरमका पूर्ववरिष्ठ उपाध्यक्ष ऋषि शर्मा, फोरमका सल्लाहकार सीता देवाकोटा चुनावी मैदानमा उत्रिएका छन् ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा जनजाति पृष्ठभुमिका भागीरथ राई (रमेश), वर्तमान महासचिव तारानाथ अर्याल र पूर्वमहासचिव थीरमणि पौडेल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । यस्तै उपाध्यक्ष पदका लागि जनक खड्का (प्रकाश), मित्र देव घिमिरे (गोपाल) र मोहन कुमार ढुंगेल चुनावी मैदानमा छन् ।

महासचिव पदका लागि चिरञ्जीवी बस्याल र भवानी निरौला प्रतिस्पर्धामा उत्रिएका छन् भने सचिव पदका लागि कमल काफ्ले र प्रकाश बोहोरा चुनावी मैदानमा छन् । त्यस्तै कोषाध्यक्ष पदका लागि सञ्जय पनेरु, कृष्ण कुमार जैशी र इन्द्र प्रसाद आचार्य चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

सहकोषाध्यक्षमा बाँस्ताेला निर्विराेध

सहकोषाध्यक्ष पदमा अमिर बाँस्तोला निर्विरोध निर्वाचित भएका छन् । सहकोषाध्यक्षमा बाँस्तोलाको एकल उम्मेद्वारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै सदस्यमा ईश्वर सापकोटा, नारायण भुसाल, तोरणकुमार कार्की, चन्द्रबहादुर लिम्बु, सेतेलाल पौडेल, नरेन्द्रमणि पराजुली, विक्रम श्रेष्ठ, नगेन्द्रप्रसाद पोखरेल (नवीन), राजेश गोतम र राजेश यादव निर्विरोध निर्वाचित भएका छन् । दश कार्यसमिति सदस्य रहने प्रावधान रहेको र उक्त पदमा दश जनाको मात्र उम्मेद्वारी परेपछि उनीहरु निर्विरोध निर्वाचित भएका हुन् ।

Write your Comment