लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको अध्यक्षमा ढकाल विजयी

लेवरपाटी संवाददाता
    २५ माघ २०७६, शनिबार २१:३६  मा प्रकाशित



काठमाडौं– नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको अध्यक्षमा नरेन्द्रप्रसाद ढकाल भारी मतका साथ विजयी भएका छन् । शुक्रबार राति भएको निर्वाचनमा उनी १०३ मत ल्याई विजयी भएका हुन् । ढकालका प्रतिद्वन्द्वी ऋषिप्रसाद शर्माले ४४, भुवनसिंह गुरुङले ५६ र सीतादेवी देवकोटाले ३८ मत ल्याए ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा तारानाथ अर्याल विजयी भएका छन् । उपाध्यक्षमा जनक खड्का, महासचिवमा भवानी निरौला, सचिवमा कमल काफ्ले र कोषाध्यक्षमा कृष्णकुमार जैशी निर्वाचित भएका छन् । फोरमको सहकोषाध्यक्षमा यसअघिनै अमिर बाँस्तोला निर्विरोध निर्वाचित भइसकेका छन् ।

सम्बन्धित समाचार

लोकतान्त्रिक फाेरममा १७ पदका लागि २८ उम्मेद्वार मैदानमा

पार्टी निकट म्यानपावर व्यवसायीकाे सभामा देउवाले भने, व्यवसायी र श्रमिक दुवै सुरक्षित हुनुपर्छ

फोरमको सदस्यमा ईश्वर सापकोटा, नारायण भुसाल, तोरणकुमार कार्की, चन्द्रबहादुर लिम्बू, सेतेलाल पौडेल, नरेन्द्रमणि पराजुली, बिक्रम श्रेष्ठ, नगेन्द्रप्रसाद पोखरेल, राजेश गौतम र राजेश यादव निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

Write your Comment