कतार पठाइदिन्छु भन्दै आठ लाख असुल्ने कार्की भक्तपुरबाट पक्राउ

लेवरपाटी संवाददाता
    २७ माघ २०७६, सोमबार २१:४५  मा प्रकाशित



काठमाडाैं– वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध नियन्त्रण महाशाखको टोलीले सोलुखुम्बु घर भई भक्तपुर लोकन्थली बस्ने बालकृष्ण कार्कीलाई पक्राउ गरेको हो ।

उनले कतार, माल्दिभ्सलगायतका देशमा पठाई दिन्छु भनी प्रलोभनमा पारेर रु आठ लाख लिएको खुल्न आएको छ । पैसा लिएर फरार भएका उनलाई पीडितको जाहेरीकोे आधारमा पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिनुभयो ।

भक्तपुरबाट पक्राउ परेका उनलाई थप कारवाहीका लागि आज महानगरीय प्रहरी परिसर काठमाडौँ बुझाइएको महाशाखाले जनाएको छ । पछिल्लाे समय वैदेशिक राेजगारीका नाममा ठगीमा पर्नेकाे संख्या वृद्धि हुँदै गएकाे छ ।

Write your Comment