मलेसियाकाे गृह मन्त्रालयले भन्याे– सुरक्षागार्डमा विदेशी कामदार नेपालीकाे विकल्प छैन्

लेवरपाटी संवाददाता
    २९ माघ २०७६, बुधबार २२:४८  मा प्रकाशित



काठमाडाैं– मलेसियाले नेपाली युवाकाे राेजगारीकाे संख्या कटाैती गर्दै अन्य मुलुकबाट सुरक्षागार्ड लैजाने भन्ने हजाराैँ अनुमानकाबीच त्यहाँकाे गृह मन्त्रालयले सुरक्षागार्डका रूपमा नेपालीलाई मात्र भर्ना गरिने प्रष्ट पारेकाे छ । पाकिस्तानी नागरिकलाई सुरक्षागार्डका रूपमा ल्याउने तयारी नभएकाे मलेसियाली गृह मन्त्रालयले जनाएकाे छ ।

स्थानीय नागरिकलाई नै सुरक्षागार्डका रूपमा राख्न सकिनेमा गृह मन्त्रालयले जाेड दिएकाे क्वालालम्पुरबाट सञ्चालित अनलाइन ‘द स्टार’ले जनाएकाे छ । समाचारअनुसार १ लाख २० हजार ७६७ स्थानीय व्यक्तिले सुरक्षा गार्डको तालिम पनि लिएका छन् । यसको उद्देश्य सरकारले सेक्युरेटी गार्डबारे बनाएको मापदण्ड पुरा गर्नु हो । मलेसियन सरकारले विदेशबाट सुरक्षा गार्ड ल्याउने नीति अस्थायी भएको बताउँदै आएको  छ ।

Write your Comment