चालु आवकाे ६ महिनामा वैदेशिक राेजगारीमा जाने १७ प्रतिशतले बढे

सरकारकाे याेजनालाई बेराेजगार युवाले पत्याएनन्
लेवरपाटी संवाददाता
    ४ फाल्गुन २०७६, आइतबार २१:४३  मा प्रकाशित



काठमाडाैं– सरकारले बेराेजगार युवालाई स्वदेशमै राेजगारीकाे अवसर दिएकाे दाबी गरेपनि चालु आर्थिक वर्षको ६ महिनामा वैदेशिक रोजगारीमा जानेकाे संख्या वृद्धि भएकाे छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेकाे अर्धवार्षिक समीक्षामा उल्लेख भएअनुसार अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या चालु आर्थिक वर्षको ६ महिनामा १७ दशमलव ७ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको ६ महिनामा विदेश जानेहरुको संख्या ३७ दशमलव ३ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या  भने शून्य दशमलव ५ प्रतिशतले मात्रै बढेको छ ।

Write your Comment