कोरियाको थेगु सहरका सार्वजनिक स्थलमा सामूहिक भेटघाट गर्न निषेध

काेरियामा रहेका नेपाली कामदार त्रसित
पत्रपत्रिका
    १६ फाल्गुन २०७६, शुक्रबार १२:५०  मा प्रकाशित



काठमाडाैं– नेपालका प्रमुख रोजगार गन्तव्य दक्षिण कोरियामा कोरोना (कोभिड–१९) भाइरसको संक्रमणदर चार दिनमा ६ सयबाट बढेर बिहीबारसम्म १ हजार ८ सयको हाराहारीमा पुगेको छ । यसैगरी मलेसिया, जापान, यूएई, ओमानलगायतका देशमा समेत संक्रमण देखिइसकेको छ ।

कोरियाको प्रमुख औद्योगिक सहर थेगुको एक चर्च र अस्पतालबाट फैलिएको कोरोना भाइरस चार दिनमा तीन गुणा फैलिएपछि कोरियामा रहेका नेपालीमा त्रास फैलिएको छ । कोरियामा फैलिएको संक्रमणमा हालसम्म मंगोलियन र चिनियाँ बाहेकका विदेशी नागरिकमा भने देखिएका छैनन् ।

संक्रमण फैलन नदिन कोरियाको थेगु सहरका सार्वजनिक स्थलमा समुहमा भेटघाट गर्न निषेध गरिएको गैरआवासीय नेपाली संघ कोरियामा पूर्वअध्यक्ष केपी सिटौलाले बिहीबार कारोबारसँगको फोन सम्पर्कमा आएको बताए । याे समाचार आजकाे काराेबार दैनिकमा गाेपाल संग्राैलाले लेखेका छन् ।

Write your Comment