कतारमा पनि भेटियो कोरोना भाइरस, लाखौँ नेपाली कामदार प्रभावित हुन सक्ने

लेवरपाटी संवाददाता
    १७ फाल्गुन २०७६, शनिबार २०:५५  मा प्रकाशित



काठमाडौं– लाखौँको सङ्ख्यामा नेपाली कार्यरत मध्यपूर्वी मुलुक कतारमा पनि कोरोना भाइरस (कोभिड १९) भेटिएको छ । कतारको सरकारी सञ्चार माध्यमले इरानबाट फर्केका एक व्यक्तिमा सो भाइरसको संक्रमण पुष्टि भएको जनाएको हो ।

चीनबाट सुरु भएको कोरानो भाइरसको संक्रमण युरोप र मध्यपूर्वका अन्य मुलुकहरुमा पनि फैलिएको छ । मध्यपूर्वका संयुक्त अरब इमिरेट्स (युएई), बहराइन, कुवेतलगायतका मुलुकमा कोरोनाका बिरामीको संख्या उच्च देखिएको छ ।

Write your Comment