निस–नेपालद्वारा विपन्न १२० परिवारलाई राहत वितरण

लेवरपाटी संवाददाता
    ३० बैशाख २०७७, मंगलबार २२:३७  मा प्रकाशित



काठमाडौँ– बालबालिकाको स्वास्थ्य र शिक्षाका लागि नेपाली सुत्रापात (निस–नेपाल) संस्थाले लकडाउनका कारण दैनिक जीवनयापनमा कठिनाइ भोग्दै आएका १२० परिवारलाई खाद्यान्न वितरण गरेको छ ।

सो संस्थाले मङ्गलबार नेपालटार, मनमैजु, सामाखुसी, जरङ्खु, काभ्रेस्थली, साङ्ला, रानीबारी, डाँडागाउँ, बानियाँटार तथा काठमाडौँ र नुवाकोटको सीमाना आसपासका विपन्न परिवारलाई राहत वितरण गरेको हो ।

विपन्न परिवारलाई चामल, दाल, नुन, तेल, चिउरा, दालमोठ, आलु, चना, केराउलगायत खाद्यान्न वितरण गरिएको संस्थाका उपाध्यक्ष मनोजबाबु अधिकारीले जानकारी दिए । काठमाडौँमा रहेर ज्याला मजदूरी गर्ने तथा शारीरिक अशक्तता भएका परिवारलाई राहत वितरण गरिएको उनले बताए ।

सो संस्थाले पहिलो चरणमा काठमाडौँ महानगरपालिका–१६ स्थित बाइपास र माछापोखरीमा १२ परिवारलाई राहत वितरण गरेको थियो । संस्थाका सदस्यबाट आर्थिक सङ्कलन गरेर राहत वितरण गरिएको अधिकारीले बताए । सो संस्थालाई एसएचबिएन नेदरल्याण्डबाट पनि सहयोग जुटेको थियो ।

Write your Comment