जातीय विभेद र पूर्विय दर्शन, के जातीय विभेद परापूर्वकालदेखि थियाे ?

ज्याे.पं विष्णुप्रसाद खनाल
    २४ जेष्ठ २०७७, शनिबार २१:३९  मा प्रकाशित



मानिस सृष्टिको सर्वश्रेष्ठ प्राणी हो । आदर्शको पुञ्ज हो र प्रकृतिको सुन्दर उपहार हो । संसारका सम्पूर्ण प्राणीहरु जस्तै उ पनि प्रकृति जगतबाट अनुपाणित भएको हुन्छ । मानव सभ्यतासँगसँगै आएको पूर्विय दर्शन र वेद पनि प्रकृति प्रदत अपैरुष्य भगवानको वाणी हो । भगवानको दरबारमा कोहि पनि सानो ठुलो हुँदैन । हो कार्यको बिभाजनले झट्ट हेर्दा वर्ण र वर्गको केही विभाजन देखिन्छ त्यो सतही हो यथार्थ होइन । गहिरिएर हेर्ने हो वैदिक सनातन धर्मनै त्यस्तो सम्प्रदाय हो जस्ले अनेकतामा एकता स्थापित गरेको छ ।
माथिको भनाइलाई यस उक्तिले सहजै पुष्टि गर्दछ ।

धृतिःक्षमा दमो‍‍‌‌‍अस्तेयं सौचमिन्द्रियनिग्रहः
धीर्विद्या सत्यमक्रोधो दशकं धर्म लक्षणं(मनु

ज्याे.पं विष्णुप्रसाद खनाल

धैर्य गर्नु,क्षमा गर्नु,संयम रहनु,इन्द्रिय नियन्त्रण गर्नु, चोरी नगर्नु,पवित्र रहनु, सुझबुझ राख्नु, बिद्या हासिल गर्नु, साचो व्यवहार गर्नु,क्रोध नगर्नु यी दशवटा धर्मका लक्षण हुन । यी यस्ता शाश्वत आचार विचारका आदर्श हुन जो कुनै जातजाति,वर्ग,क्षेत्र रीति संस्कृतिको घेरामा नरही सर्वत्र सर्वदा ग्राह्य छन् । शतपथब्राह्मण अनुसार मानिस भन्नाले मननशील प्राणी हो । अरुको चित्त नदुखाउने,नराम्रो कामकुरा नगर्ने ब्यक्ति मानिस हो  शाण्डिल्योपनिषद्का अनुसार यो विश्व ब्रह्माण्डको नायक एउटै छ,सर्वज्ञ छ,सबैप्राणी भित्र बसेको छ र यो सर्वत्र छ । ऐतरेयब्राह्मण(अनुसार सोचविचार गरेर परिणाममा कतै कसैलाई प्रतिकुल असर नपार्ने व्यक्ति नै मनुष्य हो । आकाश, वायु, अग्नि , जल, पृथ्वी, ग्रह, नक्षत्र, प्राणी, दिशा, वृक्ष (बनस्पति नदि समुन्द्र यी सबै भगवानका शरीर हुन । यी सबैमा भगवान हुनुहुन्छ । (श्रीमद्भागवत ११ र २ र ४१) कसैलाई पनि अपमान,घृणातिरस्कार गर्नुहुँदैन । यही भाव राख्न भगवान कपिलदेव माता देवहुतिलाइ भन्नुहुन्छ (म आत्मारुपबाट सदा सबै प्राणीमा छु । त्यसैले म सर्वभूतस्थित परमात्मालाई अनादर गरेर केवल प्रतिमामा मात्र पूजा गर्दछ त्यो पूजा उसको देखावटी पन मात्र हो ।

अरु जीवलाई अपमान गर्ने तर मेरो प्रतिमामा विविध विशिष्ट सामाग्रीबाट विधि बिधानले पूजन गर्दा म प्रसन्न हुन्न । (श्रीमद्भागवत ३ र २९ र २१, २३) ज्ञानीहरु बिद्या र विनययुक्त ब्राह्मणमा(ब्रह्म कर्म गर्ने जो कोही)गौ,हात्ती ,कुकुर,चाण्डालमा,समदर्शी भाव राख्तछन भनिएको छ । (भ.गीता ५।१८) जीवनचर्यामा मानिसले सदा सदाचार्लाई पालना गर्नुपर्दछ जुन कुरा आफुलाइ राम्रो लाग्दैन ,अरुप्रति पनि त्यस्तो व्यवहार गर्नुहुदैन । (कुर्मपुराण१६र५३) समय निरन्तर गतिसिल छ । बिहानी अर्थात प्रारम्भिक समयको उचित उपयोग गरेपछि अरु मिलाउन सजिलो हुन्छ भन्ने एउटा महत्त्वपूर्ण सन्देश दिएको छ । ऋगबेद १.४८.३ समयलाई उचित उपयोग गर्ने मानिस नै सुखि हुन्छ भन्ने भाव यसमा दर्शाइएको छ । १ र ४८ र ९ कुनै काल खण्डमा कामका आधारमा राखिएको नामलाई लिएर तल माथीको व्यवहार गर्नु कति सम्म न्यायउचित होला । पराइ शिक्षा र पराइका काँधमा चढेको राज्यब्यबस्थाले हाम्रो आत्माअनुकुल व्यवहार गर्न सक्दैन।त्यसैले हामी आफै उठ्नु पर्ने हुन्छ । जसरी अहिले मानिस डक्टरको छेउमा जान डराउछ र डक्टरले पनि आफ्नो सुरक्षामा धेरै ध्यान दिनुपर्ने हुन्छ । त्यस्तै पहिला गुरुपुरोहित र शास्त्र सासित ब्यबस्था थियोे । सुख भोग ज्यादा हुदा नियम पनि ज्यादा थिए गुरु पुरोहितमा तर अरुले केही कम गर्दा पनि भगवानको काख पाउने हुदा पर्दैन भनियो । (बिष्णुपुराण६र२र६(८)

समय बित्दै जादा पर्दैन लाई पाइदैन बनाइयो । हिन्दु धर्मले सबैलाई अधिकार दिएको छ । भगवानको काखमा बस्न जस्को ज्वोलन्त उदाहरण हामी दिन सक्छौ । समाजले नीच भनिएका वर्णमा जन्मिएर पनि नाम रोसन गरेका छन् जस्त‌ै विदुर,कबीर,रैदास,सदन कसाई,धर्मब्याधआदि अनेक महापुरुष जीवनमुक्त तत्त्वज्ञ भागवत प्रेमी मानिन्छ । गार्गी ,देवहूति,शवरी,कुन्ती,ब्रजगोपि,मीरा आदि स्त्री जातिका थिए । समाधि,तुलाधर आदि वैश्य थिए । विदुर ,सञ्जय ,निषादराज, गुह आदि सुद्र थिए । प्रह्लाद,विभीषण आदि असुर तथा वृतासुर आदि राक्षस थिए ।
गजेन्द्र,जटायु,कपोत(कपोतीआदि पशु(पक्षी थिए ।  यसरी हेर्दा हाम्रो धर्मले सबैको उच्च आदर गरेको छ । स्मरणहोस जयप्रकाश मल्लको समयभन्दा अघि देखि नै हाम्रो धर्म संस्कृति माथि प्रहार भएको छ ।अरु दर्शन अनुसार धरतीलाई ड्रागनका रुपमा चित्रित गरिएको छ,त्यसलाई नियन्त्रण गर भनिएको छ तर हिन्दू दर्शनले विश्व ब्राह्माण्डमा रहेका सबै जीवजन्तु ब्रह्मका विविध स्वरुप हुन्,तिनलाई मित्रवत हेर्नुपर्छ भनेको छ ।

Write your Comment