निस–नेपालद्वारा १०० बढी विपन्न परिवारलाई राहत वितरण

लेवरपाटी संवाददाता
    २८ जेष्ठ २०७७, बुधबार १४:११  मा प्रकाशित



काठमाडौं– बालबालिकाको स्वास्थ्य र शिक्षाका लागि नेपाली सुत्रापात (निस नेपाल) संस्थाले कोभिड–१९ रोकथाम गर्न सरकारले गरेको लकडाउनका कारण प्रभावित बनेका १०० बढी विपन्न परिवारलाई राहत वितरण गरेको छ ।

काठमाडौँ महानगरपालिकाको माछापोखरीस्थित त्रिलोक चिल्ड्रेन एकेडेमीबाट ६० परिवार र बौद्धमा ४० परिवारलाई दैनिक उपभोग्य सामग्री वितरण गरिएको संस्थाका उपाध्यक्ष मनोजबाबु अधिकारीले जानकारी दिए ।

दैनिक ज्याला मजदुरी गरी जीवन गुजारा गर्ने तथा केही दलित परिवारलाई राहत वितरण गरिएको उनको भनाइ छ । सो संस्थाले लकडाउनको अवधिमा करिब ३५० परिवारलाई दैनिक उपभोग्य वस्तु उपलब्ध गराएको हो ।

संस्थाले विपन्न परिवारलाई चामल, दाल, नुन, तेल, चिउरा, दालमोठ, आलु, चना, केराउलगायत खाद्यान्न वितरण गरिएको हो काठमाडौँमा रहेर ज्याला मजदूरी गर्ने तथा शारीरिक अशक्तता भएका परिवारलाई राहत वितरण गरिएको उनले बताए ।

सो संस्थाले पहिलो चरणमा काठमाडौँ महानगरपालिका–१६ स्थित बाइपास र माछापोखरीमा १२ परिवारलाई राहत वितरण गरेको थियो । सो संस्थालाई एसएचबिएन नेदरल्याण्डबाट पनि सहयोग जुटेको थियो ।

Write your Comment