निस–नेपालद्वारा स्याङ्जामा १७ अतिविपन्न परिवारलाई राहत वितरण

लेवरपाटी संवाददाता
    १ असार २०७७, सोमबार २१:२७  मा प्रकाशित



काठमाडौं– बालबालिकाको स्वास्थ्य र शिक्षाका लागि नेपाली सुत्रापात (निस नेपाल) संस्थाले कोभिड–१९ रोकथाम गर्न सरकारले गरेको लकडाउनका कारण प्रभावित बनेका स्याङ्जाका १७ अतिविपन्न परिवारलाई राहत वितरण गरेको छ ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिका–३, बाटीचौरका एकल महिला, भारतमा ज्याला मजदूरी गर्न गएका तथा अतिविपन्न परिवारलाई दैनिक उपभोग्य सामग्री वितरण गरिएको संस्थाका उपाध्यक्ष मनोजबाबु अधिकारीले जानकारी दिए ।

दैनिक ज्याला मजदुरी गरी जीवन गुजारा गर्ने तथा केही दलित परिवारलाई राहत वितरण गरिएको उनको भनाइ छ । सो संस्थाले लकडाउनको अवधिमा करिब ५०० परिवारलाई दैनिक उपभोग्य वस्तु उपलब्ध गराएको हो । निस नेपालका स्याङ्जा जिल्लाका जिल्ला प्रतिनिधि देवेन्द्र रसाईलिकाे संयाेजकत्वमा राहात वितरण गरिएकाे हाे ।

सो संस्थाले पहिलो चरणमा काठमाडौँ महानगरपालिका–१६ स्थित बाइपास र माछापोखरीमा १२ परिवारलाई राहत वितरण गरेको थियो । सो संस्थालाई एसएचबिएन नेदरल्याण्डबाट पनि सहयोग जुटेको थियो ।

Write your Comment