योगिनी एकादशी व्रत र यसको महत्त्व के रहेको छ ?

लेवरपाटी संवाददाता
    ३ असार २०७७, बुधबार ११:४८  मा प्रकाशित



एकादशी व्रत भन्नाले चन्द्र मासको प्रत्येक पक्षको एघारौं दिनलाई फलिभुत गराइ श्रीमद्भगवत गीता(१६/१,२,३)श्लोकहरुले भनेको चरीतार्थ गर्ने बाटोतिर लाग्नु नै एकादशी व्रतको मूल उदेश्य हो।वृञ वरणे धातुदेखि अतच् प्रत्यय लागेर व्रत शव्दको निर्माण हुन्छ।जस्को अर्थ उपवासादि पुण्यकर्म भन्ने हुन्छ।यानिकी भगवानको नजिक जाने प्रक्रियालाई व्रत भनिन्छ।

ज्याे.पं विष्णुप्रसाद खनाल

यजुर्वेद (१/५)मा ॐ रअग्निको प्रार्थना गर्दै ए व्रतका पालक स्वामी परमेश्वर !अबदेखि व्रत(सद्वयवहार) मात्र गर्नेछु ।त्यो पूरा गर्न सकुँ।अब म असत्य छोडेर सत्य पाउछु सत्यतिर लाग्छु।व्रतको सामान्य अर्थ नियम हो।व्रतको माध्यमले पर्म सत्य प्राप्त हुन्छ भन्ने कुरो त (यजु.१९/३०)ले पनि प्रस्टाएको छ। विष्णु पुराण (६/२/१५)जुनफल सत्ययुगमा दसवर्ष तपस्या, ब्रह्मचर्य त्रीसन्ध्या जप आदि गर्नाले मिल्छ,त्रेतामा एकबर्षमा ,द्वापरमा एक महिना, र कलियुगमा निष्ठापुर्वक एक अहोरात्र गर्दा मिल्दछ।

त्यसैले पनि भगवान प्राप्तिका लागि कलियुग उत्तम छ।तिथिमा एकादशीलाई उत्तम मानिएको छ।एकादशी भगवान विष्णुको विशेष तिथि हो।सामान्यतया यी बर्षमा २४ वटा पर्दछन्।अधिकमास परेको बर्ष २६ वटा हुनेगर्छन्।तीनै मध्येको एउटा योगिनी एकादशी पनि हो।अाषाढ कृष्णपक्षको एकादशीलाई योगिनी एकादशी भनिन्छ।व्रत वस्ने व्रतालुले अघिल्लो दिनदेखिनै शुद्ध सात्विक भोजन गर्नुपर्दछ।

एकादशीको दिन विहान नित्य कर्म सकि व्रतको संकल्प लिनुपर्दछ।संकल्पमा अाफ्नो शरिरले धान्ने अनुसार नियम बाध्नु पर्दछ।नियम भङ्ग भएमा व्रत भङ्ग हुनेछ।म चोखो हु कि विटुलो जुनसुकै स्थितिमा होउँ ।श्री पुण्डरिकाक्षलाई सम्झेर चोखो सर्वत्र नै बनु भनी सम्झनु पर्दछ। यथाविधिले भगवान् विष्णुको पूजा गर्नुपर्दछ।भगवानको नाम संकृतन् गर्दै रातिमा जागा बस्नुपर्ने हुन्छ ।

भोलि पल्ट द्वादशी ननाधी पारन गर्नुपर्ने हुन्छ ।अब योगिनी एकादशीको कथा पढौं।जसको श्रवण मात्रले पनि बिशेष फल मिल्दछ । ब्रत-कथा प्राचीन समयको कुरा हो हेममाली संग धनपति कुबेर अत्यन्त रिसाउनु भयो र उहाँले उसलाई श्राप दिदै भन्नुभयो “तिमीलाई कुष्ठरोग भइ हालोस्।”हेममालि कुवेरको श्रापले गर्दा कुष्ठरोगी भए।रोगले गर्दा उसले दुर्दशा भोग्नु पर्यो। धेरै प्रयत्न गर्दा पनि रोगबाट छुट्कारा मिलेन, यसरी नै धेरै समय बित्यो।

एकदिन मार्कण्डय मुनिसंग हेममालिले अाफ्नो यो श्राप प्रदत्त ब्याधि बाट मुक्तिको उपाय सोध्दा मार्कण्डेय मुनिले योगिनी एकादशिको व्रतको सल्लाह दिनुहुन्छ।मार्कण्डेय मुनिको परामर्शअनुसार हेममालीले यथाविधि योगिनी एकादशीको व्रत गरे।व्रतको प्रभावले उसलाई पूर्णरूपले रोगबाट मुक्ति मिल्यो र कुवेरको श्रापबाट मुक्ति मिल्यो।कुवेरजीले पनि क्षेमा गर्नुभयो र फेरि अाफ्नो सेवामा पुनः राख्नु भयो। यसरी यहाँ हेर्दा हामीले यो हिसाबले पनि प्रस्टाउन सक्छौ।मनुष्यको शरीर ब्रह्माको नगरी हो।यश ब्रह्माण्डमा पनि नवग्रह छन् र यी नवग्रहले प्रतिपल हाम्रो जीवनमा प्रभाव पारिराखेको हुन्छ ।मानसिक र शारीरिक शुद्धता भएमा सबै ग्रहको राम्रो किरण मात्र प्राप्त हुन्छ।

अहिले प्रकृतिले बुधग्रहको किरणहरु ज्यादा मात्रामा तानेको हुन्छ।यस्तो बेलामा हामी शुद्ध भएमा शारीरिक बुधले पनि राम्रो किरण मात्र तान्छ।जसले गर्दा अहिले देखि साउन सम्म विशेष शारीरिक सुद्धतालाई बिशेष ध्यान दिनुपर्दछ र छाला सम्बन्धि रोगबाट वचन सकिन्छ भन्ने हो। जसरी( भा.गीता ३/११) मा भनिएझै सबैकुरा भगवानलाई अर्पण गरेर मात्र लिनेगर्नाले अहम् भाव नष्ट हुन्छ। यसरी हेर्दा हामीले जानेर गरे पनि नजानेर गरे पनि एकादशी उपवास गर्दा फाइदा नै हुन्छ ।

Write your Comment