कर्मचारीलाई कोरोना देखिएपछि वैदेशिक रोजगार कार्यालय काठमाडौँको सेवा बन्द

लेवरपाटी संवाददाता
    १४ आश्विन २०७७, बुधबार ११:०१  मा प्रकाशित



काठमाडौं– कर्मचारीलाई कोरोना भाइरसको सङ्क्रमण देखिएपछि वैदेशिक रोजगार कार्यालय ताहचलको सेवा बन्द गरिएको छ । कार्यालयमा कार्यरत एक कर्मचारीलाई कोरोना देखिएपछि अर्को सूचना नभएसम्मका लागि सेवा बन्द गरिएको कार्यालयले जनाएको छ ।

आजदेखि श्रम स्वीकृति प्रदान गर्ने कार्य रोकिएको एक सूचना जारी गर्दै कार्यालयले जनाएको छ । सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर वैदेशिक रोजगार खुला गरेसँगै पछिल्ला केही दिनयता कार्यालयमा श्रम स्वीकृति लिनेको संख्या बढ्दै गएको थियो । कार्यालयले यही असोज १ देखि १३ गतेसम्म दुई हजार ९२७ पुरुष र १८९ महिला गरी तीन हजार ११६ जनालाई श्रम स्वीकृति प्रदान गरेको छ ।

Write your Comment