जनता समाजवादी पार्टी गोरखा नगर आर्थिक विभाग प्रमुखमा गर्तौला चयन

लेवरपाटी संवाददाता
    १९ पुष २०७७, आईतवार २२:३४  मा प्रकाशित



गाेरखा– जनता समाजवादी पार्टी नगर कमिटीको पूर्ण बैठक होटल गोरखा प्यालेस गोरखामा सम्पन्न भई निम्न प्रस्ताव र एजेन्डामाथि छलफल भएको छ | भेलाले नगर आर्थिक समिति र समाजवादी महिला संघ गठन गरेको छ | सुजन गर्तौलाको संयाेजकत्वमा पाँच सदस्यीय आर्थिक समिति र गायत्री सिल्वालको संयाेजकत्तवमा एघार सदस्यीय महिला संघ पनि गठन गरेको छ |

गोरखा नगरपालिकाको प्रत्येक जिल्ला कमिटी सदस्य सोही वडाको ईन्चार्ज रहने गरी चौधवटै वडा ईन्चार्च तोकिएको छ । साथै नेकपा परित्याग गरी समाजवादी पार्टीमा प्रवेश गरेका  गोनपा–८ को सबिता कैनी खत्री र पार्वती खत्रीलाई केन्द्रीय सदस्य रमेश पोखरेलले स्वागत गर्दै पार्सटी सदस्यता दिनुभएकाे थियाे ।

उक्त बैठकको प्रमुख अतिथि केन्द्रीय सदस्य गण्डकी प्रदेश सहईन्चार्च रमेश पोखरेल, केन्द्रीय सदस्य रोहित पान्डे, प्रदेश कमिटी सदस्य ज्योति कोइराला, जिल्ला अध्यक्ष नारायण खत्रीले मन्तव्य व्यक्त गर्नुभयको थियो | बैठकले गोरखा नगरपालिकाभित्र आगामी दिनमा सदस्यता वितरण व्यापक गराउँदै , प्रत्येक टोल र वडास्तरमा संगठन निर्माण तीव्र बनाउने निर्णय गरेको छ |

Write your Comment