प्रधानमन्त्रीले हेरे क्याप्टेन, इशान खड्का इज बेष्ट

लेवरपाटी संवाददाता
    ८ चैत्र २०७५, शुक्रबार १२:२३  मा प्रकाशित



काठमाडौँ : चौथो हप्तासम्म निरन्तर चलिरहेको चलचित्र ‘क्याप्टेन’ प्रधानमन्त्री केपी शर्मा ओलीले हेरेका छन् । फागू पूर्णिमाको अवसरमा चलचित्र हेर्न काठमाण्डाँैको सिटी सेन्टरमा गएर ओलीले आफ्नो सहपरिवार एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का महासचिव विष्णु पौडेलसहित पुरा चलचित्र हेरेका हुन् । ओलीसँगै चलचित्रका निर्देशक दिवाकर भट्टराई, निर्माता भूवन केसी, नायक अनमोल केसी, नायिकाद्धय उपासना सिंह ठकुरी र प्रियंका एमभीले पनि चलचित्र हेरेका थिए ।

चलचित्र हेरिसकेपछि प्रधानमन्त्रीले ओलीले भने–‘मलाई चलचित्र राम्रो लाग्यो । इशान खड्का उत्कृष्ट खेलाडी हुन् ।’ पत्रकारको अनमोल केसी कस्तो लाग्यो भन्ने प्रश्नमा रमाइलो जवाफ दिदै भने–‘म अनमोल केसी चिन्दिन । इशान खड्का इज बेष्ट ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र हेर्नका लागि समय छुट्याएपछि नायक अनमोल केसी पनि खुशी देखिए । उनले भने–‘प्रधानमन्त्री जस्तो व्यक्ति म जस्तो भर्खरै यो क्षेत्रमा आउँदै गरेको कलाकारको चलचित्र हेर्न आइदिनुभयो, म एकदमै भाग्यमानी संझन्छु ।’

फुटबल, प्रेम र पारिवारिक कथामा निर्माण भएको यो चलचित्रले तेश्रो सातामा आइसक्दा लगानी सुरक्षित गरिसकेको निर्माणपक्षले बताएको छ ।

Write your Comment