साफ महिला फुटबल : पाँचौ पटक लगातार साफ च्याम्पिियन

लेवरपाटी संवाददाता
    १० चैत्र २०७५, आइतबार १२:२०  मा प्रकाशित



काठमाडौँ : भारतले लगातार पाँचौ पटक साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ । विराटनगरमा भएको पाँचौ संस्करणको फाइनलमा घरेलु टोली नेपाललाई ३–१ ले पराजित गर्दै भारतले लगातार पाँचौ पटक उपाधि कब्जा गरेको हो ।

नेपाल भने घरेलु मैदानमा उपाधि जित्न असफल भएपछि चौथो पटक उपविजेता बनेको छ । यसअघि पहिलो देखि तेस्रो संस्करणसम्म नेपाल फाइनल पुगे पनि भारतसाग पराजित भएको थियो । चौथो संस्करणमा भने भारतले बंगलादेशलाई हराउदै उपाधि जितेको थियो ।

शुक्रवार विराटनगरस्थित शहिद रंगशालमा भएको फाइनल खेलमा भारतको लागि डालिमा छिब्बर, ग्रेस डाङ्गमेई र अन्जु तामाङले गोल गरिन् । नेपालको लागि सावित्रा भण्डारी साम्बाले एक गोल गर्न सफल भइन् ।

पछिल्लो दुई खेलमा नेपाल भारतसँग पराजित नभए पनि २०१८ नोभेम्वरमा म्यानमार भएको ओलम्पिक छनोटमा नेपालले भारतसँग १–१ को बराबरी खेलेको थियो भने २०१९ भारतमै भएको हिरो वुमन्स गोल्डकपमा नेपालले भारतलाई २–१ ले पराजित गरेको थियो ।

Write your Comment