आइपिल : कोहलीको टिममाथि धोनीको टिम हावी

लेवरपाटी संवाददाता
    १० चैत्र २०७५, आइतबार १२:२७  मा प्रकाशित



काठमाडौँ : इन्डियन प्रिमियर लिग आइपीएल को १२औँ संस्करणको उद्घाटन खेलमा महेन्द्र सिंह धोनीको टिमले विराट कोहलीको टिमलाई पराजित गरेको छ ।

साविक विजेता धोनीको चेन्नाईले विराटको रोएल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले पराजित गरेको हो ।

बैंगलोरले दिएको ७१ रनको सामान्य लक्ष्य चेन्नाईले १७.४ ओभरमा ३ विकेट गुमाएर पूरा र्गयो। चेन्नाईका लागि अम्बाटी राएडुले २८ र सुरेश रैनाले १९ रन बनाए । केदार जादबले नटआउट १३ रन जोडे ।

त्यसअघि चेन्नाईको घरेलु मैदान एमए चिदम्बरममा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोर १७.१ ओभरमा ७० रनमा अलआउट भएको थियो । चेन्नाईको स्पिनरहरुले उत्कृष्ट बलिङ गरेपछि बैंगलोर कम स्कोरमा अलआउट भएको हो । बैंगलोरका लागि ओपनर पार्थिव पटेलले २९ रन बनाए भने बाँकी खेलाडीले दोहोरो अंक समेत छुन सकेनन् ।

चेन्नाईका इमरान ताहिरले ४ ओभरमा १ मेडन राख्दै ९ रन मात्र खर्चेर ३ विकेट विकेट लिए। हर्भजन सिंहले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए। यस्तै रविन्द्र जडेजाले २ र ड्वाने ब्राभोले १ विकेट लिए ।

आइपीएलमा आज दुई खेल हुँदैछ। पहिलो खेलमा सवा ४ बजे कोलकता नाइट राइडर्स र सनराइजर्स हैदरावाद तथा राती सवा ८ बजे दोस्रो खेलमा मुम्बई इन्डियन्स र नेपालका स्पिनर सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्सबीच खेल हुनेछ ।

Write your Comment